वुमन्स डे कप : नामिबियासँग नेपाल ९२ रनमा अलआउट

images
  • 99
    SHARES
  • फाल्गुण २५, २०८१ आइतबार
    वुमन्स डे कप : नामिबियासँग नेपाल ९२ रनमा अलआउट
    images

    काठमाण्डाै –

    वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे आफ्नाे पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

    हिजो बेलुका भएको खेलमा नेपाल डकवर्थ लुइस (डीएलएस) का आधारमा ६ विकेटले पराजित भएको हो । नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा पानी परेको थियो ।

    पानी पर्न रोकिएपछि नामिबियाले डीएलएसका आधारमा १५ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो । यो लक्ष्य नामिबियाले १ बल बाँकी छँदा ४ विकेट गुमाएर भेटायो । नामिबियाकी मेकेले म्वाटिलेले सर्वाधिक २६ रन बनाइन् । नेपालका पूजा महतो, कविता जैशी, इन्दु बर्मा र ईश्वरी विष्टले १/१ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो । नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन बनाइन् । यस्तै ईश्वरी विष्टले नटआउट १७, कविता जोशीले १६, पूजा महतोले १३ रन बनाइन् । नामिबियाकी विल्का मतिले र मेकेलाए मातिलेले ३/३ विकेट लिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend