चितवनमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

images
  • 155
    SHARES
  • फाल्गुण २५, २०८१ आइतबार
    चितवनमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
    images

    चितवन – 

    चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा खैरहनी नगरपालिका घर भई अहिले रत्ननगर नगरपालिका–७ बस्ने ३५ वर्षीय सुरेश महतो रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरले जानकारी दिनुभयो ।

    रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई हिजो हात्तीले आक्रमण गरेको हो । जङ्गली हात्ती ‘गाेविन्दे’ को आक्रमणबाट महतोको घटनास्थलमा नै ज्यान गएको उहाँले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend