देवघाट
तनहुँ देवघाट गाउँपालिकाको आयोजना एवं देवघाट महिला सन्जालको संयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (अन्तराष्ट्रिय नारी दिवस)का दिन शनिबार देवघाट गाउँपालिकामा विभिन्न कार्यक्रम गरि मनाईएको छ । सो दिवसको अवसरमा देवघाट गाउँपालिकामा र्याली र सभाको आयोजना गरिएको थियो ।
कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरुङ,देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश सरु,देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुवर,देवघाट १ वडा अध्यक्ष मनिराज गुरुङ,देवघाट २ वडा अध्यक्ष मिनबहादुर रानामगर,देवघाट ३ वडा अध्यक्ष टेकबहादुर आलेमगर,देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङ,देवघाट ५ वडा सदस्य यमबहादुर मगर,कमला गुरुङ,बुद्धिबहादुर पाण्डे,सरस्वती परियार,देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनाल, अनेमसंघ देवघाटकी अध्यक्ष सावित्री न्यौपाने लगायतको उपस्थिति रहेकोे थियो।



