आगलागीबाट एक बालकको ज्यान गयो

images
  • 299
    SHARES
  • फाल्गुण २६, २०८१ सोमबार
    आगलागीबाट एक बालकको ज्यान गयो
    images

    जाजरकोट –

    जाजरकोटको कुशे गाउँपालिकामा गएराति भएको आगलागीमा परेर एक बालकको ज्यान गएको छ ।

    कुशे गाउँपालिका वडा नम्बर ८ ग्राक्ली साँक्टका जनक बहादुर रोकायको घरमा खाना पकाउने चुलोबाट छानामा आगो सल्किएर आगलागी हुँदा उहाँका १२ वर्षका छोरा अमरको ज्यान गएको हो ।

    जनक र आमा बिजुली रोकाय घाइते हुनुभएको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७ जनाको परिवार रहेको घरमा अरूको सकुशल उद्धार भएको छ ।

    पशु चौपायालाई पनि स्थानीयबासिन्दाले बाहिर निकाल्न भ्याएका छन् । धन, पैसा  र लत्ताकपडा भने सबै जलेर नष्ट भएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend