भूकम्पका विरुद्ध राजनीति नगरौँ : गृहमन्त्री लेखक

images
  • 172
    SHARES
  • फाल्गुण २६, २०८१ सोमबार
    भूकम्पका विरुद्ध राजनीति नगरौँ : गृहमन्त्री लेखक
    images

    काठमाडौँ ।

    गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका विरुद्ध राजनीति नगर्न आग्रह गरेका छन् । भूकम्पले चर्किएका भत्किएका घर सरकारले निर्माण गर्ने बताएका छन् । भूकम्पीय  पुन निर्माण तथा पुन स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले यस्तो कुरा बताएका हुन् । 

    गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण पुन स्थापना प्राधिकरण,  प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नु पर्ने बताए। उनले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने बताए । डिडिएको काम समयमा सम्पन्न गरी पुन निर्माणको कामलाई अघि बढाउन सरकार लागी परेको बताए । भूकम्पले घर भत्किएपछि पुन निर्माण पूर्व गरिने डिडिएका लागी जाजरकोटमा ५० जना, रुकुम पश्चिममा ४८ जना प्राविधिकले काम गरी रहेको बताए । फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि सरकारले थप गर्ने बताए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend