अमेरिका र क्यानडा पठाइदिने भन्दै साढे ६ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

images
  • 403
    SHARES
  • फाल्गुण २६, २०८१ सोमबार
    अमेरिका र क्यानडा पठाइदिने भन्दै साढे ६ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ
    images

    काठमाण्डाै –

    आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा सङ्खुवासभाको मकालु गाउँपालिका–२ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–८ हात्तीगौँडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घर भई काठमाण्डौको कीर्तिपुर नगरपालिका–१४ चोभार बस्ने ३१ वर्षीया एलिना पुरी रहेका छन् ।

    सालिकरामले अमेरिका पठाइदिने भन्दै एक जनाबाट पाँच लाख र एलिनाले क्यानडा पठाइदिने भन्दै एक जनाबाट एक लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend