पर्सामा सिडिओ कार्यालय अगाडि मिटर ब्याज पीडितद्वारा आत्मदाहको प्रयास

images
  • 332
    SHARES
  • फाल्गुण २६, २०८१ सोमबार
    पर्सामा सिडिओ कार्यालय अगाडि मिटर ब्याज पीडितद्वारा आत्मदाहको प्रयास
    images

    काठमाडौँ ।

    पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि सोमबार करिब साढे १२ बजेको समयमा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए ।

    मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै बाराको पचरौता नगरपालिका-४ घर भई पर्साको वीरगञ्ज नगरपालिका-२४ बस्ने अन्दाजी ५८–६० वर्षीय बृजकिशोरप्रसाद साहले आत्मदाहको प्रयास गरेको प्रजिअ अर्यालले बताए । आफूलाई पुर्वशिक्षक बताउने साहको अवस्था सामान्य छ ।

    जिप्रका अगाडी आएर शरीरमा पेट्रोल खन्याएको तत्काल प्रहरीले थाहा पाएपछि उनको उद्धार गरी नारायणी अस्पताल पुर्‍याएको छ । प्रजिअ अर्यालकै गाडीमा राखेर अस्पताल पुर्‍याइएको हो ।

    प्रजिअ अर्यालले भने, ‘आज साढे १२ बजेको समयमा साहले हातमा मुसा मार्ने विषादी बोकेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्न खोजेका रहेछन् । तर तत्काल प्रहरीले थाहा पाएपछि उनको उद्धार गरी नारायणी अस्पताल पुर्‍याएको छ । उनको अवस्था सामान्य छ ।’

    साहले एक लाख ५० हजार रुपैयाँ ऋण लिएर सो बापत उनले ६ लाख रुपैयाँ मूल्य पर्ने जमिन पास गरिदिएको र अहिले उक्त ऋण चुक्ता गरेर जमिन फिर्ता लिन खोज्दा नमानेको साहाले बताएको प्रजिअ अर्यालले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend