दाङमा साढे २९ किलो चरेससहित तीन युवा पक्राउ

images
  • 373
    SHARES
  • फाल्गुण २७, २०८१ मंगलबार
    दाङमा साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
    images

    दाङ –

    दाङको घोराहीबाट साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका तीन जना पक्राउ परेका छन् ।

    रुकुम पूर्वको भूमे गाँउपालिका–२ खबाङका ४४ वर्षका फर्कबहादुर घर्ती, ५३ वर्षका रुपधन घर्ती र ६४ वर्षका जुनबहादुर पुन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    पक्राउ परेका फर्कबहादुरले बोकेको आलुको बोराभित्र १५ किलो १ सय २३ ग्राम र रुपधनको साथबाट १४ किलो ५ सय ७२ ग्राम चरेस बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहका अनुसार पैदल हिँडिरहेको अवस्थामा उनीहरू घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह क्षेत्रबाट पक्राउ परेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend