प्रधानमन्त्री कप क्रिकेट : पुलिसकाे लगातार दाेस्राे जीत

images
  • 301
    SHARES
  • फाल्गुण २८, २०८१ बुधबार
    प्रधानमन्त्री कप क्रिकेट : पुलिसकाे लगातार दाेस्राे जीत
    images

    काठमाण्डाै –

    प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले काेशी प्रदेशलाई १ सय ५४ रनले हराएकाे छ ।

    पुलिसले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६ ओभर २ बलमा १ सय ३४ रन बनाउँदा अलआउट भयो । कोशीका सुजन थपलियाले सबैभन्दा धेरै नटआउट ३३ रन बनाए । पुलिसका करण केसीले ३, ललित राजवंशीले २ विकेट लिए ।

    यसअघि रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रन बनायो । पुलिसका कुशल भुर्तेलले ६५, दिलिप नाथले ६१ रन बनाए । कोशीका भूपाल लुइँटेलले ३, प्रकाश कार्कीले २ विकेट लिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend