नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवाहरू प्रभावित

images
  • 468
    SHARES
  • फाल्गुण २८, २०८१ बुधबार
    नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवाहरू प्रभावित
    images

    काठमाडौँ ।

    नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या देखिएको छ । नेपाल टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसएमएस नजाने लगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ ।

    पछिल्ला केही दिन यता टेलिकमको टेलिफोन नेटवर्कमा जोडिएका सेवाहरू राम्रोसँग चलेका छैनन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन । जसको चौतर्फी आलोचना भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend