नेपालमा व्यवस्था बदल्ने बेला आयो : डा. धवल शमशेर राणा

images
  • 458
    SHARES
  • फाल्गुण २८, २०८१ बुधबार
    नेपालमा व्यवस्था बदल्ने बेला आयो : डा. धवल शमशेर राणा
    images

    बर्दिया ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन् । बर्दिया जिल्लामा आयोजित बृहत् मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै राणाले नेपाली जनताले राजसंस्था माग गरेको दाबी गरेका हुन् ।

    ‘भ्रष्ट नेताहरूको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ । धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,’ राप्रपा नेता राणाले बुधबार भने ।

    राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म राप्रपाले जारी राखेको अभियान नरोकिने उनले बताए । ‘नेताहरूले हाम्रो धर्म, संस्कृति बेचेको कुरा अहिले प्रस्ट भएको छ । अमेरिकी राष्ट्रपति, अमेरिकी सांसद, भारतीय सांसदहरूले नै यो कुरा उठाइरहेका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइबाटै नेपालमा धर्म संस्कृति मास्ने काम भएको, अमेरिका र नेपाल दुबैतर्फ भ्रष्टाचार भएको प्रस्ट भएको छ,’ राणाले भने ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend