हुम्लामा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार

images
  • 135
    SHARES
  • फाल्गुण ३०, २०८१ शुक्रबार
    हुम्लामा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार
    images

    काठमाण्डौ –

    हुम्लाबाट छिमेकी देश चीनको ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार भएको छ ।

    सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नाम्खा गाउँपालिका ६ यारीबाट ताक्लाकोट जान हिँडेका हुम्लाका ६ जना हिल्साको नारालेकको हिउँमा फसेका थिए ।

    उनीहरू हिउँमा फसेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उनीहरूको उद्धार गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend