प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

images
  • 128
    SHARES
  • फाल्गुण ३०, २०८१ शुक्रबार
    प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै
    images

    काठमाडौं । 

    लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू हुँदैछन् ।

    आज एक्स्ट्राटेक ओभल मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्ने छन् भने देउखुरी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुनेछ । दुवै खेलहरू ९ बजे सुरु हुनेछन् ।

    बागमती प्रदेशले हालसम्म २ खेल खेल्दा दुवैमा फराकिलो अन्तरको हार व्यहोरेको छ भने सुदूरपश्चिमले ३ खेल खेल्दा १ खेल मात्र जितेको छ । नेपाल पुलिस क्लब र एपीएफ भने २ खेलमा २ जितका साथ आमनेसामने हुँदै छन् ।

    अहिलेसम्म ३ खेलमा ३ खेल जितेको त्रिभुवन आर्मी क्लब ६ अंकका साथ अंकतालिकामा शीर्षस्थानमा छ । एपीएफ, पुलिस र लुम्बिनी प्रदेश समान ४ अंकसहित दोस्रो, तेस्रो र चौथो स्थानमा छन् भने मधेश, कर्णाली, सुदूरपश्चिम र गण्डकी क्रमश: पाँचौं, छैंटौं, सातौं र आठौंमा छ्न् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend