रुखले च्यापिएर दुई जनाको ज्यान गयो

images
  • 227
    SHARES
  • फाल्गुण ३०, २०८१ शुक्रबार
    रुखले च्यापिएर दुई जनाको ज्यान गयो
    images

    दैलेख –

    दैलेखमा रुखले च्यापिएर दुई जनाको ज्यान गएको छ । भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा दाउराका लागि ढलाएको रुखले च्यापिएर आज ढागाउँका ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षका इन्द्रबहादुर शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो ।

    स्थानीय छिमेकीको दाउरा काट्न गएका बेला घटना भएको प्रहरीको भनाइ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend