सरकारविरुद्ध आन्दोलन कार्यक्रम घोषणा गर्दै एकीकृत समाजवादी

images
  • 280
    SHARES
  • फाल्गुण ३०, २०८१ शुक्रबार
    सरकारविरुद्ध आन्दोलन कार्यक्रम घोषणा गर्दै एकीकृत समाजवादी
    images

    काठमाण्डाै –

    नेकपा (एकीकृत समाजवादी) ले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । आज पत्रकार सम्मेलनमार्फत पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको हो ।

    सुशासन कायम गर्न र अन्य समस्या समाधानका मागसहित पार्टीले आन्दोलन शुरू गरेको उहाँले बताउनुभयो । पार्टीले आन्दोलनका कार्यक्रमअन्तर्गत पार्टीभित्र छलफल, सुझाव सङ्कलनसहित चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

    यसैबीच समाजवादी मोर्चाको आज बसेको बैठकले पछिल्लो समय भइरहेका प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्नेसहित विभिन्न निर्णय गरेको छ ।

    आज (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले भोलि बुद्धिजीवी र नागरिक समाजसँग छलफल गर्ने निर्णय गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । मोर्चाले चैत १५ गते काठमाण्डौमा वृहत् विरोध कार्यक्रम गर्नेसमेत निर्णय गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend