मेरो शेयरको सर्भरमा समस्या, सेवा अवरुद्ध हुने

images
  • 288
    SHARES
  • फाल्गुण ३०, २०८१ शुक्रबार
    मेरो शेयरको सर्भरमा समस्या, सेवा अवरुद्ध हुने
    images

    काठमाडौं ।

    मेरो शेयर लगायतका सर्भरमा समस्या देखिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि)ले मेरो शेयर, सि–आस्वा, सि–केवाईसी लगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरू मध्ये एक सर्भरमा प्राविधिक समस्या देखिएको हो ।

    उक्त सर्भरमा समस्या देखा परेकाले अहिले ३ः३० बजेदेखि सेवा अवरुद्ध हुने भएको छ ।

    सिडिएससिले सूचना जारी गर्दै भनेको छ, ‘यस सिडिएससिले मेरो शेयर, सि–आस्वा, सि–केवाईसी लगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरू मध्ये एक सर्भरमा प्राविधिक समस्या देखिई तत्काल मेमोरी रिप्लेसमेन्ट गर्नुपर्ने भएकोले मिति २०८१।१२।१ गते दिनको ३.३० बजे पछि रिप्लेसमेन्ट सम्बन्धी कार्य गरिने हुँदा केही समयका लागि सिडिएससिका सेवाहरू अवरुद्ध हुन सक्ने जानकारी गराइन्छ ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend