तनहुँको व्यासमा च्याउ खाँदा दश जना बिरामी

images
  • 226
    SHARES
  • चैत्र १, २०८१ शनिबार
    तनहुँको व्यासमा च्याउ खाँदा दश जना बिरामी
    images

    काठमाण्डौ 

    तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाएका दश जना बिरामी भएका छन् ।

    म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोल मामाघरमा लगेको र पकाएर खाएका दश जना बिरामी भएका हुन् । बिरामी हुनेहरूमा नारायण मगरसहित व्यास नगरपालिका–६ का गुरुबहादुर पुलामी, सुरेन्द्रबहादुर पुलामी, पवित्रा मगर, तिलबहादुर थापा मगर,चक्रबहादुर पुलामी,आरती पुलामी,केशव पुलामी, सीता पुलामी र चार वर्षीय सबिन पुलामी रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो ।

    उहाँका अनुसार हिजो बेलुका उनीहरूले च्याउ खाएका थिए । सबै बिरामीको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend