इटहरी मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

images
  • 258
    SHARES
  • चैत्र १, २०८१ शनिबार
    इटहरी मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
    images

    इनरुवा (सुनसरी),चैत २-

    इटहरी उपमहानगरपालिका–१२ मा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिनुभयो । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

     
    दुर्घटना हँुदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
    घटनाको बिषयमा अनुशन्धान भइरहेको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिनुभयो । फाइल तस्बिर
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend