काठमाडौं–
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने बताएका छन्।
समाजवादी मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान नहुने बताए।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालले वंशको आधारमा देश चलाउँछु भन्नेहरूले देशलाई लुट्न मात्रै जानेको बताएका हुन्।
अध्यक्ष नेपालले भने ‘अब यो वंशको शासनको कुरा छाडिदिनुस्। तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन्। देशलाई लुट्न मात्रै जानेका छन्। लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन,’ उनले भने।



