आगलागी हुँदा १५ लाख बराबरको क्षति

images
  • 272
    SHARES
  • चैत्र २, २०८१ आइतबार
    आगलागी हुँदा १५ लाख बराबरको क्षति
    images

    काठमाण्डौ –

    काठमाण्डौको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा आगलागी हुँदा घर जलेर क्षति भएको छ ।

    गएराती ९ बजे लागेको आगो झन्डै डेढ घन्टापछि निभाउन सफल भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ । आगालागी नियन्त्रणमा लिन काठमाण्डौ र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीको दमकल र पानीको ट्याङकर प्रयोग गरिएको थियो । आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend