गर्मी लागेसँगै लामखुट्टेको समस्या

images
  • 265
    SHARES
  • चैत्र २, २०८१ आइतबार
    गर्मी लागेसँगै लामखुट्टेको समस्या
    images

    पर्सा –

    औद्योगिक तथा व्यापारिक नगरी पर्साको वीरगञ्जमा गर्मी लागेसँगै लामखुट्टेको समस्या बढ्न थालेको छ । फागुन मध्यपछि नै लामखुट्टेले सताउन थालेको हो । गर्मीको शुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले बिहान र बेलुका अझ सास्ती हुने गरेको स्थानियबासिन्दा बताउँछन् । वीरगञ्ज महानगर क्षेत्रको भित्री सडकमा फोहरमैला थुप्रिने गरेको छ ।

    वीरगञ्ज महानगर–६ मिनाबजारमा व्यापार गर्दै आएका परशुराम तेलीले लामखुट्टेले टोक्न थालेको तर महानगरले लामखुट्टे नियन्त्रणका उपाय अपनाउन बेवास्ता गर्ने गरेको बताउनुभयो । वीरगञ्ज महानगर–४ बिर्ताका राकेश झा पनि लामखुट्टे आतङ्क नै भएको गुनासो गर्नुहुन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend