मर्स्याङ्दी जलविद्युत केन्द्रको घट्यो उत्पादन

images
  • 459
    SHARES
  • चैत्र २, २०८१ आइतबार
    मर्स्याङ्दी जलविद्युत केन्द्रको घट्यो उत्पादन
    images

    तनहुँ –

    आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट बिजुली उत्पादन क्षमताभन्दा आधा कम भएको छ । ६९ मेगावाट क्षमताको विद्युत् केन्द्रबाट औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताउनुभयो । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको उहाँको भनाइ छ ।

    गएको पुसदेखि नै विद्युत् उत्पादन घट्न थालेको हो । हिउँ पग्लिन थालेपछि नदीमा पानीको बहाव बढ्छ । केन्द्रका अनुसार नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरी बिहान र बेलुका ‘पिकआवर’ मा सकेसम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend