१७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ

images
  • 436
    SHARES
  • चैत्र २, २०८१ आइतबार
    १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ
    images

    काठमाडौँ।

    कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा र मातहतका कार्यालयबाट खटिएको टोलीले १७ ग्राम ९२० मिलिग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय आदित्य राना, घोडाघोडी नगरपालिका–७ बस्ने २५ वर्षीय लक्ष्मण चौधरी, २५ वर्षीय राम चौधरी, २७ वर्षीय दुर्गेश चौधरी र बुटवल उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय रमेश कार्की रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रहरीका अनुसार रानालाई धनगढी उपमहानगरपालिका–३ को त्रिनगर ब्यारेल नजिकै भारतबाट धनगढीतर्फ आइरहेका बेला उनी सवार सुपप्र ०१०१२ प ५४७५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुई ग्राम ८६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

    अन्य चार जनालाई भने घोडाघोडी नगरपालिका-७ को हरिनगरस्थित सोही ठाउँका लक्ष्मण चौधरीको घरमा लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend