शेयर बजार दोहोरो अङ्कले घट्यो

images
  • 232
    SHARES
  • चैत्र २, २०८१ आइतबार
    शेयर बजार दोहोरो अङ्कले घट्यो
    images

    काठमाण्डाै –

    हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६३ अङ्कले घटेर २ हजार ७ सय १४ दशमलव ८५ विन्दुमा झरेको छ ।

    आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरै ओरालो लागेको छ । यस्तै लगानी, अन्य समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज ग्रीन विकास बैंक र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन सामुदायिक लघुवित्त कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend