म्यासेडोनिया नाइटक्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु

images
  • 251
    SHARES
  • चैत्र २, २०८१ आइतबार
    म्यासेडोनिया नाइटक्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु
    images

    म्यासेडोनिया । 

    उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आइतबार बिहान आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार यस घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।

    देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको हो। यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ।

    सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरूमा आगो र धुवाँले भरिएको एउटा भवन देखिन्छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार आइतबार बिहान करिब ३ बजे आगलागी भएको थियो। यो दुर्घटना ब्यान्ड एडीएनको प्रस्तुतिको क्रममा भएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend