कालीगण्डकी नदीमा दुई सडक मजदुरको शव फेला

images
  • 379
    SHARES
  • चैत्र २, २०८१ आइतबार
    कालीगण्डकी नदीमा दुई सडक मजदुरको शव फेला
    images

    काठमाण्डाै –

    पाल्पामा सडक निर्माणमा खटिएका दुई जना मजदूरको शव कालीगण्डकी नदीमा भेटिएको छ ।

    कालीगण्डकी करिडोरअन्तर्गत राम्दी–रानीमहल सडक खण्डको अस्थायी क्याम्पमा बसेर डोजर अपरेटरको काम गर्ने सिन्धुलीको गोलाचौर गाउँपालिका–६ बस्ने २६ वर्षका भोजराज अस्लामी मगरको शव कालीगण्डकी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

    मगर फागुन २६ गते बेलुका खाना खाएर साथीहरूसँग क्याम्पमा सुतेका र २७ गते बिहान बिस्तारामा नभेटिएपछि खोजी शुरू भएको थियो । मोबाइल बिस्तारामै रहेको र सीसीटीभी फुटेजमा राति २ बजे क्याम्पबाट बाहिर निस्किएको देखिएको प्रहरीले जनाएको छ ।

    यस्तै राम्दी रानीमहल सडक खण्डमै मजदूरका रूपमा काम गर्ने दाङको तुल्सीपुर उपमहानगरपालिका–३ घर भएका ४५ वर्षीय तेजबहादुर रास्कोटीको पनि तीन दिनपछि शव भेटिएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend