लागु औषधसहित २० जना पक्राउ

images
  • 302
    SHARES
  • चैत्र २, २०८१ आइतबार
    लागु औषधसहित २० जना पक्राउ
    images

    काठमाडौं।

    सरकारले प्रतिबन्ध लगाएका विभिन्न किसिमका औषधिजन्य पदार्थ तथा लागुऔषध बोकेको आरोपमा देशका विभिन्न भागबाट २० जना पक्राउ परेका छन् ।

    प्रहरीका अनुसार अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट एक जना सोही जिल्लाको घोडाघोडी नगरपालिका–७ हरिनगरबाट चार जना चितवन, भरतपुर महानगरपालिका–१२ बाट चार जना, सोही जिल्लाको चितवन, खैरहनी नगरपालिका–१० सुर्तनीबाट तीन जनालाई शनिबार साँझ पक्राउ गरिएको हो ।

    त्यसैगरी, दाङको घोराही उपमहानगरपालिका–८ स्यानी गाउँबाट एक किशोर, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ बाट एक जना, सोही जिल्लाको बेदकोट नगरपालिका–७ बाट अर्का एक युवक लागुऔषधसहित पक्राउ परेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend