गाउँपालिकामा कुकुर व्यवस्थापनका लागि निःशुल्क स्थायी बन्ध्याकरण शिविर

images
  • 416
    SHARES
  • चैत्र २, २०८१ आइतबार
    गाउँपालिकामा कुकुर व्यवस्थापनका लागि निःशुल्क स्थायी बन्ध्याकरण शिविर
    images

    देवघाट:
    तनहुँको देवघाट गाउँपालिकामा कुकुर व्यवस्थापनका लागि निःशुल्क स्थायी बन्ध्याकरण शिविर गरेको हो।
    देवघाट गाउँपालिकाको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौलीको सहयोगमा आज गाउँपालिकाको सिटि हलमा रेबिज रोग नियन्त्रणका लागि सामुदायिक तथा घरपालुवा कुकुरमा निशुल्क खोप तथा बन्ध्याकरण शिविर कार्यक्रम गरेको थियो।485367014_1029174295908536_2179217725926009203_n.jpg

    सो शिविरमा सामुदायिक तथा घर पालुवा गरि जम्मा भाले ३१ र पोथी ३६ वटा गरि जम्मा ६७ वटा कुकुरलाई बन्ध्याकरण गरिएको थियो।जस अन्तर्गत सामुदायिक तर्फ भाले २० तथा पोथी २१ गरि जम्मा ४१ कुकुरलाई बन्ध्याकरण गरिएको थियो।घर पालुवा तर्फ भाले ११ तथा पोथी १५ गरि जम्मा २६ कुकुरलाई बन्ध्याकरण गरिएको थियो ।शिविरमा ७२ वटा कुकुर लाई रेबिज खोप लगाइएको थियो।484068948_1029174315908534_8168899942078402886_n.jpg

    उक्त कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा,गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु,गाउँपालिका लेखा शाखा अधिकृत सरद न्यौपाने,देवघाट ५ वडा सदस्य यमबहादुर मगर,बुद्धिबहादुर पाण्डे,बरिष्ठ पशु चिकित्सक डा. अनन्त कोईराला ,डा. राजेश चौधरी , डा. मनोज विश्वकर्मा , डा. आशिष गौतम(कास्की) , पशुपन्छि तथा मत्स्य विकाश शाखा प्रमुख प्रदिप सापकोटा,देवघाट गाउँपालिका डा. सम्राट अधिकारी,देवघाट गाउँपालिका कर्मचारी होमबहादुर भारातीलगायतको उपस्थिति कार्यक्रम सम्पन्न भएको थियो।484126651_1029174382575194_3210627334048908485_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend