दुई करोड ७५ लाख बराबरको सामानसंगै नुवाकोट विदुरका एकसहिततीन जना पक्राउ

images
  • 111
    SHARES
  • चैत्र ३, २०८१ सोमबार
    दुई करोड ७५ लाख बराबरको सामानसंगै नुवाकोट विदुरका एकसहिततीन जना पक्राउ
    images

    काठमाडौ ।   

    प्रहरीले दुई करोड ७५ लाख ११ हजार चार सय ९८ रुपैयाँ मूल्य बराबरको भन्सार छलेर ल्याएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । 

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, साविक डराउनेपोखरी गाविस–२ घर भई हाल ललितपुर महानगरपालिका–२१ पाटन बस्ने ३१ वर्षीय कृष्णगोपाल श्रेष्ठ, दोलखा मेलुङ गाउँपालिका–८ बस्ने ६१ वर्षीय हरिबहादुर श्रेष्ठ तथा नुवाकोट, बिदुर नगरपालिका–१२ बस्ने ४२ वर्षीय पुरुषोत्तम कोइराला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।

    उनले भने, 'यही चैत १ गतेराति काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित बा ५ ख ७३१४ नम्बरको गाडीमा भन्सार छलेर औषधि तथा कपडा ल्याएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले बा ५ ख ७३१४ को सवारीसाधनसहित निजहरूलाई नियन्त्रणमा लिएको हो ।'

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend