काठमाण्डौ –
आज पनि सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ आज पनि हिजो जस्तै ताेलाकाे एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।
गएको चैत १ गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।



