प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई ८३ रनले हरायो

images
  • 129
    SHARES
  • चैत्र ३, २०८१ सोमबार
    प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई ८३ रनले हरायो
    images

    काठमाण्डाै –

    प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई ८३ रनले हराएको छ ।

    लुम्बिनीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको मधेश २६ ओभर ५ बलमा ७५ रन बनाउँदा अलआउट भयो । मधेशका दिपेश दासले सबैभन्दा धेरै २३ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले ४, बिप्रसन केसीले ३ विकेट लिए ।

    यसअघि दाङको देउखुरी रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ५८ रन बनायो । लुम्बिनीका आकाश त्रिपाठीले ७३ रन बनाए । मधेशका विशाल पटेल र कमल गुप्ताले ३/३ विकेट लिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend