यौन व्यवसाय र गाँजा खेतीलाई खुला गरौं : कांग्रेस सांसद घिमिरे

images
  • 272
    SHARES
  • चैत्र ३, २०८१ सोमबार
    यौन व्यवसाय र गाँजा खेतीलाई खुला गरौं : कांग्रेस सांसद घिमिरे
    images

    काठमाडौं - 

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले  यौन व्यवसाय र गाँजा खेतीलाई वैधानिक रुपमा खुला गर्नुपर्ने प्रस्ताव गरेका छन्। प्रतिनिधिसभाको आइतबारको विशेष समय बोल्दै सांसद् घिमिरेले नेपालमा यौन व्यवसायलाई वैध बनाउँदा रोजगारी सिर्जना र आर्थिक विकासमा ठूलो योगदान पुग्ने दाबी गरेका छन्।

    धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको धारणा थियो। उनले देशमा विदेशी पर्यटक ल्याउने उत्तम विकल्पका रूपमा यौन व्यवसाय भएको जिकिर गरे।

    त्यस्तै, घिमिरेले आर्थिक विकासको आधार गाँजाखेती भएकाले त्यसलाई वैधानिक बनाउन सरकारसँग माग गरे। साथै, उनले गाँजा खेतीलाई वैधानिक गर्दा कृषि क्षेत्रमा ठूलो अवसर सिर्जना हुने बताए। अमेरिकी राज्यहरूले यसलाई स्वीकृति दिएको भन्दै नेपालमा पनि हुनुपर्ने माग गरे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend