प्रधानमन्त्री कप : पुलिसकाे लगातार पाँचाैं जीत

images
  • 361
    SHARES
  • चैत्र ३, २०८१ सोमबार
    प्रधानमन्त्री कप : पुलिसकाे लगातार पाँचाैं जीत
    images

    काठमाण्डाै –

    प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हराएकाे छ ।

    पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रनमा अलआउट भयो । सुदूरपश्चिमका शेर मल्लले सबैभन्दा धेरै ३२ रन बनाए । पुलिसका ललित राजवंशीले ६ विकेट लिए ।

    यसअघि रुपन्देहीको सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले ४७ ओभरमा १ सय ६० रन बनाउँदै सबै विकेट गुमायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ४२, आरिफ शेखले ४० रन बनाए । सुदूरपश्चिमका सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३ विकेट लिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend