अध्यक्ष दाहालले भने– सरकारको विषयमा मिलनविन्दु देखेका छैनौं

images
  • 442
    SHARES
  • चैत्र ३, २०८१ सोमबार
    अध्यक्ष दाहालले भने– सरकारको विषयमा मिलनविन्दु देखेका छैनौं
    images

    काठमाडौं ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नै नभएको बताएका छन् । सरकारमा जाने कुनै नीति नभएको र नहुने उनले बताए ।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौं ।’ कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको भनेर चर्चा भइरहेको भन्दै प्रचण्डले त्यसमा सत्यता नभएको बताए । ‘देशमा संकट आयो भने संकट कसरी समाधान भन्ने हाम्रो विचार त हामी दिन्छौं । तर यही सरकारमा गएर हामी पनि कोट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन । बाँकी प्रचार सबै भ्रम हो,’ उनले भने ।

    सरकारमा रहेका दलका नेताहरुसँग सत्यनिरुपण र मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको तर माओवादी सरकारमा जानेबारे कसैसँग छलफल नभएको प्रचण्डले जिकिर गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend