शेयर बजार एक महिनापछि २७ सय विन्दुमुनि

images
  • 174
    SHARES
  • चैत्र ४, २०८१ मंगलबार
    शेयर बजार एक महिनापछि २७ सय विन्दुमुनि
    images

    काठमाण्डाै 

    शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ६६ अङ्कले घटेर २ हजार ६ सय ९७ दशमलव ०४ विन्दुमा झरेको छ ।

    शेयर बजार एक महिनापछि २ हजार ७ सय विन्दुमुनि झरेको हो । यसअघि गएको फागुन ४ गते शेयर बजार २ हजार ६ सय ९८ विन्दुमा थियो ।

    आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा सामुदायिक लघुवित्त कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन मिथिला लघुवित्त र हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ सय १३ वटा कम्पनीका ८२ लाख ३७ हजार कित्ता शेयर ४ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम २ महिनायताकै कम हो । यसअघि गएको पुस २८ गते ३ अर्ब ९४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend