एसईई परीक्षा प्रक्रियामा सामेल नहुने मधेसका मुख्यमन्त्रीको घोषणा

images
  • 346
    SHARES
  • चैत्र ४, २०८१ मंगलबार
    एसईई परीक्षा प्रक्रियामा सामेल नहुने मधेसका मुख्यमन्त्रीको घोषणा
    images

    जनकपुरधाम –

    मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गर्नुभएको छ ।

    मुख्यमन्त्री सिंहले आज पत्रकार सम्मेलन गरेर एसईई प्रक्रियामा सामेल नहुने घोषणा गर्नुभएको हो । केन्द्राध्यक्ष चयन प्रक्रिया आफूले भनेअनुसार नगरिएको उहाँको आरोप छ । उहाँले सङ्घ, प्रदेश र पालिकाबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यस पटकको एसईई प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी दिनुभयो ।

    मुख्यमन्त्री सिंहले मधेशका आठै जिल्लाका परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न आदेश दिनुभएको थियो । तर त्यस विपरीत केन्द्राध्यक्ष छानिएको भन्दै उहाँको असन्तुष्टि थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend