आजको मौसम पूर्वानुमान

images
  • 145
    SHARES
  • चैत्र ५, २०८१ बुधबार
    आजको मौसम पूर्वानुमान
    images

    काठमाण्डौ – 

    आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

    अरु प्रदेशको पहाडी र हिमाली भागको मौसम आज आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अन्य प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशको मौसम मुख्यतया सफा छ ।

    देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव कायमै छ । प्रि–मनसुनको समय भएकाले दिउँसोपछि तराई क्षेत्रका धेरै ठाउँमा हावाहुरी चल्न सक्ने मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार  काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि सामान्य हावाहुरीको सम्भावना छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend