जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

images
  • 639
    SHARES
  • चैत्र ५, २०८१ बुधबार
    जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो
    images

    काठमाण्डौ –

    पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

    सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप दुर्घटना हुँदा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । घाइते सबैको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend