शेयर बजार लगातार पाँचौं दिन घट्यो

images
  • 249
    SHARES
  • चैत्र ६, २०८१ बिहीबार
    शेयर बजार लगातार पाँचौं दिन घट्यो
    images

    काठमाण्डाै 

    शेयर बजार लगातार पाँचौं दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६ सय ६९ दशमलव ७६ विन्दुमा झरेको छ ।

    शेयर बजार ५ दिनमा ५४ अङ्कभन्दा धेरैले घटेको छ । आज जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर १ दशमलव ३५ प्रतिशतले ओरालो लागेको छ ।

    आज मिथिला लघुवित्त र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन दोल्ती पावर कम्पनीको शेयर साढे ७ प्रतिशतले बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका ९५ लाख ९९ हजार कित्ता शेयर ४ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend