कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिश

images
  • 209
    SHARES
  • चैत्र ६, २०८१ बिहीबार
    कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिश
    images

    काठमाण्डाै 

    कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू छैटौं अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिश गरेको छ ।

    बैठकले प्रदेश प्रमुखसमक्ष चालू अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

    बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१’ लाई स्वीकृति गर्ने निर्णय गरेको छ । यस्तै बैठकले प्रदेश सरकारबाट पालिकालाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा एक अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमानित सीमा एक अर्ब १० करोड रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend