नयाँ बानेश्वरमा : सानिमा बैंकको प्रायोरिटी काउन्टर

images
  • 99
    SHARES
  • आषाढ १, २०७९ बुधबार
    नयाँ बानेश्वरमा  :  सानिमा बैंकको प्रायोरिटी काउन्टर
    images

    काठमाडौं 

    सानिमा बैंकले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर आजदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ । 

    oooooog.jpg

     

    आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अभैm गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ । 

     

    नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारीज्यू र बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले संयुक्त रुपमा गरे । 

     

    सो समारोहमा डिल्लीराम अधिकारी लगायत अन्य ग्राहकहरुले नयाँ बानेश्वरमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यबाद ज्ञापन गरे । साथै बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंज्यूले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए । 

    सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend