काठमाडौं –रबिन दाहाल
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज काठमाडौंको शंखमुलस्थित अनमोल क्याटरिङ सर्भिसमा सम्पन्न भएको छ। संस्थाका सञ्चालक समितिका अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न सभाले विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदनहरू, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान विवरण तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गरेको छ।

साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि गरिएको छ। गाभ्ने/गाभिने तथा एक्विजिसन प्रक्रियालाई अघि बढाउने निर्णय सभाले संस्थाको नियमावलीको नियम ३२ (ग) मा संशोधन गर्ने तथा अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त संस्थाहरूसँग गाभ्ने/गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद प्रक्रियालाई अघि बढाउने विशेष प्रस्ताव पारित गरेको छ। यसका लागि चल-अचल सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय गरिएको छ।गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियासम्बन्धी समझदारी पत्र तर्जुमा गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गरिएको छ।
शेयरधनीलाई उच्च प्रतिफलको आश्वासन सभामा उपस्थित शेयरधनीहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले कम्पनीको सञ्चालनलाई अझ प्रभावकारी बनाउँदै भविष्यमा शेयरधनीलाई उच्च प्रतिफल दिने योजनाका साथ अघि बढिरहेको जानकारी गराए। विशिष्ट अतिथिहरूको शुभकामना सभामा प्रमुख अतिथि तुलसी थापाले महिला अधिकार तथा विकास केन्द्र र महिला लघुवित्त वित्तीय संस्थाबीच सहकार्य गरी संस्थालाई अझ मजबुत बनाउनु पर्ने सुझाव दिइन्। त्यस्तै, माननीय सांसद जुली कुमारी महतोले संस्थाको प्रगति र उज्ज्वल भविष्यको कामना गर्दै सफलताको शुभेच्छा व्यक्त गरिन्। सभामा संस्थाका पदाधिकारी, शेयरधनी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



