त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम स्थगित

images
  • 347
    SHARES
  • चैत्र ६, २०८१ बिहीबार
    त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम स्थगित
    images

    काठमाण्डाै –

    त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव स्थगित भएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा यसअघि भोलिका लागि मतदानको कार्यक्रम तय भएको थियो । तर स्ववियु निर्वाचन समितिले सूचना निकालेर चुनावको कार्यक्रम स्थगित भएको जनाएको छ ।

    केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनावको विषयमा उच्च अदालत पाटनमा मुद्दा परेकोमा मुद्दामाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा आजका लागि पेशी तोकिएको थियो । आज अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले अन्तरिम आदेशका लागि १० गते तोकिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend