अर्जेन्टिना विश्वकप नजिक, उरुग्वेलाई हराउँदै शीर्ष स्थानमा

images
  • 218
    SHARES
  • चैत्र ८, २०८१ शनिबार
    अर्जेन्टिना विश्वकप नजिक, उरुग्वेलाई हराउँदै शीर्ष स्थानमा
    images

    एजेन्सी । 

    साबिक विजेता अर्जेन्टिनाले विश्वकप फुटबल २०२६ को छनोटको नजिक पुगेको छ।

    नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हरायो। अर्जेन्टिनाका लागि थिएगो अल्माडाले खेलको ६८ औँ मिनेटमा निर्णायक गोल गरे।

    १३ खेलको समाप्तिमा अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ। दक्षिण अमेरिकी समूहबाट ६ टोलीले सिधै विश्वकपमा प्रवेश पाउने छन्।

    ५ खेल बाँकी रहँदा सातौँ स्थानको बोलिभिया भन्दा अर्जेन्टिना १५ अङ्कले अघि छ। अर्जेन्टिनाको विश्वकप प्रवेश लगभग निश्चित भइसकेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend