भक्तपुरमा कुटपिट गरेर हत्या गर्ने दुई जना पक्राउ

images
  • 338
    SHARES
  • चैत्र ११, २०८१ मंगलबार
    भक्तपुरमा कुटपिट गरेर हत्या गर्ने दुई जना पक्राउ
    images

    काठमाडौं :

    भक्तपुरमा कुटपिट गरेर पुरुषको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुलीको तीनपाटन गाउँपालिका-३ चकमकेका २४ वर्षीय अनिश तामाङ रहेका छन्। 

    जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-६ का ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिटबाट हत्या भएको हो। प्रहरीले उनलाई अचेत अवस्थामा फेला पारेर नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल भक्तपुर लगेको थियो। त्यहाँबाट थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको थियो। 

    प्रारम्भिक अनुसन्धानअनुसार कुटपिटबाट हत्या गरेको खुलेको छ। पक्राउ परेका दुई जनालाई जिल्ला अदालत भक्तपुरबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend