बागमती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्यायो

images
  • 82
    SHARES
  • आषाढ १, २०७९ बुधबार
    बागमती प्रदेश सरकारले  ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्यायो
    images

    मकवानपुर 

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ । आज असार १ गते आगामी वर्ष २०७९/८० को बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले उक्त बजेट विनियोजन गरेको घोषणा गरे ।

    qvt.jpg

    कूल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख बजेट छुट्याइएको छ । यस्तै, पूँजीगत ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसैगरी, तथा वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट विनियोजन गरेको मन्त्री जमरकट्टेलले घोषणा गरे । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend