बुटवल ।
बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकप प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज विभागीय टिम एपीएफ क्लब र संकटा क्लबबीच खेल हुँदैछ ।
एपीएफले आयोजक रुपन्देही-११ लाई र संकटाले जर्जियन एफसी कालिम्पोङ भारतलाई पराजित गर्दै से्मिफाइनलमा पुगेका हुन् ।
देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा दिउँसो ३ बजेपछि खेल सुरु हुने आयोजक जिल्ला फुटबल संघ रुपन्देहीका महासचिव हिमाल गौचनले जानकारी दिए ।
यी दुई बीचको विजेताले मच्छिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेडबीच हुने अन्तिम सेमिफाइनलको विजेतासँग उपाधिका लागि फाइनल खेल्ने छ ।



