एकदिवसीय क्रिकेट शृङ्खला:दिल्लीलाई हराउँदै नेपाली युवा टोलीले एक खेलअघि नै जित्यो

images
  • 516
    SHARES
  • चैत्र १३, २०८१ बिहीबार
    एकदिवसीय क्रिकेट शृङ्खला:दिल्लीलाई हराउँदै नेपाली युवा टोलीले एक खेलअघि नै जित्यो
    images

    काठमाण्डाै –

    दिल्लीको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेटको अभ्यास शृङ्खला नेपाली युवा टोलीले एक खेलअघि नै जितेको छ ।

    वीरगञ्जमा आज भएको दोस्रो खेलमा नेपाली टोलीले दिल्लीको टोलीलाई १ सय २ रनले हरायो । नेपालले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको दिल्ली ३० ओभर ४ बलमा ९० रनमै अलआउट भयो । दिल्लीका शन्तनु यादवले सबैभन्दा धेरै ३० रन बनाए । नेपालका अपराजित पौडेलले ५ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९२ रन बनायो । नेपालका अभिषेक तिवारीले ६०, नरेन भट्टले ५२ रन बनाए । दिल्लीका शुभम् दुबेले ३ विकेट लिए । पहिलो खेल नेपालले ५ विकेटले जितेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend