ठूलाे आकारकाे बजेट नबनाउन सरकारलाई विज्ञहरूकाे सुझाव

images
  • 358
    SHARES
  • चैत्र १४, २०८१ शुक्रबार
    ठूलाे आकारकाे बजेट नबनाउन सरकारलाई विज्ञहरूकाे सुझाव
    images

    काठमाण्डाै 

    आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ मन्त्रालयले बजेटको तयारी तीव्र पारिरहेका बेला विज्ञहरूले ठूलो आकारको बजेट नबनाउन सुझाव दिएका छन् । राजश्व बढ्न नसकेको र वैदेशिक स्रोतमा पनि कमी आइरहेको अवस्थामा संयमतापूर्वक बजेट ल्याउन विज्ञहरूले सरकारलाई सुझाएका हुन् ।

    अर्थविद् डा. पोषराज पाण्डेले सरकारले पहिला प्रशासनिक क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । पूर्वमुख्यसचिव डा. विमल कोइरालाले आर्थिक विस्तार नभएसम्म देशको विकास नहुने बताउनुभयो । बजारमा माग बढ्न नसकेको, कर्जाको विस्तार पनि हुन नसकेको उहाँको भनाइ छ ।

    कोइरालाका अनुसार देश 'ग्रे लिस्ट' मा पर्दा लगानीकर्तामा संशयको स्थिति छ । पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटाले योजना आयोगले दिएको १९ खर्ब रुपैयाँ हाराहारीको सिलिङमा रहेर बजेट ल्याउन उपयुक्त हुने बताउनुभयो ।

    पूर्वसचिव विद्याधर मल्लिकले सबै सुविधा उद्योगपतिलाई दिएको अहिलेको अवस्था सुधार हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नागरिकलाई केन्द्रविन्दुमा राखेर सहुलितपूर्ण बजेट ल्याइनुपर्नेमा जोड दिनुभयो । पूर्वअर्थसचिव मधुकुमार मरासिनीले तल्लो तहमा जाने सशर्त अनुदान पठाउन अब आवश्यक नरहेको बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend