आँबुखैरेनी,
नेपाल विद्यार्थी संघ आँबुखैरेनी क्याम्पस इकाई समितिद्वारा तनहुँको आँबुखैरेनी
क्याम्पसलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन सहयोग गरेको हो।

नेपाल विद्यार्थी संघले आज आँबुखैरेनी क्याम्पसमाएक कार्यक्रमको आयोजना गरि क्याम्पसलाई १ हजार सेनेटरी प्याड र एउटा भेन्डिङ मेसिन सहयोग गरेको तनहुँ नेविसंघ जिल्ला सदस्य एवं नेपाल विद्यार्थी संघ आँबुखैरेनीका सभापति बोनिश अधिकारी बिहानी मिडियालाई जानकारी दिनुभयो।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस तनहुँ जिल्ला सदस्य केशव अधिकारी,विशिष्ट अतिथि आँबुखैरेनी क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष ॠषि केसी र आँबुखैरेनी क्याम्पसका प्रमुख भवद्त्त शर्मा,अतिथि नेपाली काङ्ग्रेस आँबुखैरे उप-सभापति सोमबहादुर दर्लामी लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम सुजन पुरकोटीले सञ्चालन गर्नुभएको थियो।






